दाङमा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु

 माघ २७, २०८२

दाङ । दाङकाे तुलसीपुर – घोराही सडकखण्ड अन्तर्गत, घोराही १६ सेवार खोलामा पुल बनाउनको लागि खनिएको खाल्टोमा लु ०२ ००१ प ११०२ नम्बरको बाइक खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पा त्रिबेनी ७ निवासी २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र तुलसीपुर १७ झिंगै निवासी ३९ वर्षीय कमल ओलीको मृत्यु भएको हो। घोराहीबाट तुलसीपुरतर्फ जाँदै गर्दा पिल्लर बनाउन खनिएको खाल्डोमा पस्दा उनीहरूको मृत्यु भएको छ । विहान ९ बजेतिर घटना भएकाे हाे ।

तपाईंको प्रतिक्रिया