मोटरसाइकलको ठक्कर बाट घाइते चन्दको मृत्यु

 २२ घण्टा अगाडि

तुलसीपुर । मोटरसाइकलको ठक्कर बाट गम्भीर घाइते तुलसीपुरकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ |  घाइते तुलसीपुर उपमहानगरपालिका – ११ बेलटाकुराकी ६० बर्षीया डम्मरकुमारी चन्दको उपचारका क्रममा  नेपालगञ्ज सञ्जिवनि हस्पिटलमा  मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक बिनोदराज खत्रीका अनुसार घाइते चन्दको बुधबार राति करिब पौने १० बजेतिर मृत्यु भएको थियो । पैदलयात्री चन्दलाई माघ २७ गते बेलुकी ७ बजेतिर कटाँहबाट वेल्टाकुरा तर्फ जादै गरेको लु.प्र.०२–००२ प १९५७ नम्बरको मोटरसाइकले ठक्कर दिएको थियो ।

घाइतेलाइ टाउको दुवै हात खुट्टा र छातिमा गम्भीर चोट थियाे । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको प्रारम्भीक उपचार पछि थप उपचारका लागि केही बेरमै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ उपचार पश्चात नेपालगंजका लागि रिफर गरिएको थियो । चन्दको उपचारका क्रममा दोस्रो दिन राति मृत्यु भएको थियो ।

त्यो दुर्घटनामा परि मोटरसाइकल चालक दंगीशरण गाउँपालिका – ७ बुटनियाका २१ बर्षीय सन्तराम चौधरीपनि घाइते छन् ।  यसैबिच ,मृतक चन्दकाे अाज बेलटाकुरा घाटमा अन्त्येष्टि गरिने भएकाे छ ।

तपाईंको प्रतिक्रिया