दाङका शिक्षक परियार काठमाडौंमा नगद सहित सम्मानित
दाङ । दाङका एक शिक्षक काठमाडौंमा सम्मानित भएका छन । सृजनशील आधारभूत विद्यालय तुलसीपुर १ छोटे प्रधानाध्यापक सन्तोष परियार नगद ३१ हजार सहित सम्मानित भएका हुन ।अमेरिकामा दर्ता गैरनाफामूलक संस्था Nil Krishna Jashoda Sitaula Foundation Inc. ले आफ्नो चौथो संस्करणको “Award Distribution and Facilitation Event” अन्तर्गत विभिन्न ९ विधामा उत्कृष्ट योगदान दिएका व्यक्तित्व तथा संस्थालाई सम्मान गरकाे हाे । शिक्षक परियार कला तथा गित सङ्गित मिलाएर विद्यार्थिको मनोविज्ञान अनुसार शिक्षण गरेको भन्दै सम्मानित भएका हुन ।
पुर्व मन्त्रि राधाकृष्ण मैनालिको प्रमुख आतिथ्यमा एक कार्यक्रममा सम्मान कार्यक्रम भएकाे हाे । सम्मानित भएपछि थप हौसला मिलेको परियारले प्रतिक्रिया दिएका छन ।
सन् २०२२ (२०७९ साल) देखि निरन्तर रूपमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई प्रोत्साहन गर्दै आएको फाउन्डेशनले यो कार्यक्रमलाई चौथो संस्करणका रूपमा अघि बढाएको जनाएको छ । परियार सहित विभिन्न विधाका १० जना सम्मानित भएका हुन ।



तपाईंको प्रतिक्रिया