टी–२० विश्वकपमा सुपर–८ समीकरण पूरा

 फागुन ०७, २०८२

काठमाडौं | आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ मा पुग्ने आठ टिमको टुंगो लागेको छ । समुह चरणका केही खेल बाँकी रहँदै अन्तिम आठको समीकरण पूरा भएको हो ।

सुपर–८ मा भारत, पाकिस्तान, श्रीलंका, जिम्बावे, वेस्ट इन्डिज, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड प्रवेश गरेका छन् । अस्ट्रेलियालाई पराजित गर्दै जिम्बावेले उत्कृष्ट प्रदर्शनसहित अघिल्लो चरणमा स्थान बनाएको हो ।

समूह–१ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे रहेका छन् भने समूह–२ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका प्रतिस्पर्धा गर्नेछन् । सुपर–८ चरणका खेल शनिबारदेखि सुरु हुने तालिका रहेको छ । समूहका प्रत्येकले एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । यसरी प्रतिस्पर्धा गर्दा समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सुपर आठको पहिलो खेलमा पाकिस्तानले शनिबार न्युजिल्यान्डको सामना गर्दैछ ।

तपाईंको प्रतिक्रिया