साम्बाले उपचारका लागि मागिन् सहयोग
काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) बाट आवश्यक सहयोग नपाएपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो शल्यक्रिया र पुनर्स्थापनाका लागि आवश्यक खर्च उठाउन समर्थकसँग सहयोगको याचना गरेकी छिन् ।
साम्बाले सामाजिक संजालमा लेख्दै आफ्नो उपचारका लागि एन्फाले आवश्यक समन्वय गर्ने आशा देखाएर पनि पछि हट्दा समस्या परेको बताएकी छिन् । उनले आफ्नो चोट गम्भीर रहेको र यसमा एन्फाले साथ नदिँदा पिडामा रहेको बताएकी हुन् । कतारस्थित एस्पेटार अस्पतालमा उपचार गर्न यसअघिको एन्फा नेतृत्वले



तपाईंको प्रतिक्रिया