प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई अष्ट्रेलियाले बधाई ज्ञापन गरेको छ । प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियालका विदेशमन्त्री पेनी वोङले बधाई ज्ञापन गरेकी हुन्।
अष्ट्रेलिया र नेपालबीचको मित्रता सुदृढ रहेको उल्लेख गर्दै विदेशमन्त्री वोङले शान्त, स्थिर र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि प्रधानमन्त्री शाहसँग सहकार्य गर्न तत्पर रहेको बताएकी छिन्।



तपाईंको प्रतिक्रिया