रास्वपा दाङको जिल्ला सभापतिमा किरण खनाल निर्वाचित

 १६ घण्टा अगाडि

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको प्रथम जिल्ला अधिवेशनबाट ३४ वर्षीय किरण खनाल जिल्ला सभापतिमा निर्वाचित भएका छन्। सभापति पदका चार उम्मेदवारबीच भएको प्रतिस्पर्धामा खनालले १९६ मत प्राप्त गर्दै विजयी भएका हुन्।

निर्वाचनमा निवर्तमान जिल्ला सभापति विनय घिमिरेले १२४ मत प्राप्त गरे भने केदार रजौरेले ६ र किरणकुमार आचार्यले २ मत प्राप्त गरेका थिए।

त्यस्तै उपसभापतिमा निराजन थापा २४० मतसहित निर्वाचित भए। सचिवमा असिम भुसाल २०० मतसहित विजयी हुँदा सहसचिवमा प्रमिला रोका मगर १८४ मतसहित निर्वाचित भइन्।

सदस्य पदमा प्रतापविक्रम पुन मगर, होताराम आचार्य, अनन्ता चौधरी र चुमान चौधरी निर्वाचित भएका छन् भने पवित्रा बिक निर्विरोध चयन भएकी छन्। क्षेत्र नम्बर १, २ र ३ का सभापतिमा क्रमशः मोहन आचार्य, किरण खड्का र लाजुराम चौधरी सर्वसम्मत निर्वाचित भएका छन्।

शनिबार बेलुकादेखि सुरु भएको मतदानमा ३३५ मत खसेको थियो, जसमध्ये ६ मत बदर भएको निर्वाचन संयोजक लोकमान रिजालले जानकारी दिएका छन्। सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मतदानमार्फत नयाँ नेतृत्व चयन गरिएको हो।

तपाईंको प्रतिक्रिया