तुलसीपुर उपमहानगरले २ अर्ब ३५ करोडको बजेट ल्याउँदै, कृषि–शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

 ४ घण्टा अगाडि

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि करिब २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। बजेट भोलि बिहान ११ बजे मेट्रो कलेजमा हुने नगरसभामा प्रस्तुत गरिने भएको छ।

उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले आगामी वर्षको बजेटमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिइएको जानकारी दिनुभयो।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा ५२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ। साथै, प्रत्येक वडाका लागि १ करोड रुपैयाँको बजेट सिलिङ्ग तोकिएको छ भने हरेक वडामा सञ्चालन हुने गौरवका आयोजनाका लागि ५० लाख रुपैयाँ विनियोजन गरिने व्यवस्था गरिएको छ।

गत आर्थिक वर्ष २०८२/८३ मा उपमहानगरपालिकाले २ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। यस वर्षको प्रस्तावित बजेट अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढाइएको छ। नगरवासीको आवश्यकता र विकासका प्राथमिकतालाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको उपमहानगरपालिकाले जनाएको छ।

तपाईंको प्रतिक्रिया