दाङमा राष्ट्रिय युवा संघद्वारा बृक्षारोपण, करिब दुई सय बिरुवा रोपियो
दाङ । राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा दाङको तुलसीपुर उपमहानगरपालिका–७ गैरिखालीस्थित हरियाली वन समुदायको खाली जमिनमा शनिबार बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सन्तोष ओलीको अध्यक्षतामा तथा प्रदेश इन्चार्ज देबु बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिव लक्ष्मणकुमार आचार्य विशेष अतिथि रहनुभएको थियो।
त्यसैगरी नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य रामजी मिलन चौधरी, दाङ जिल्ला कमिटीका उपाध्यक्ष मनोहर बुढाथोकी, सचिव श्याम डाँगी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कमिटी सदस्य आकाश क्षेत्रीलगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
कार्यक्रममा करिब दुई सय बिरुवा रोपिएको आयोजकले जनाएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले बृक्षारोपण गरिएको प्रदेश कमिटीले जनाएको छ।
कार्यक्रमको सहजीकरण प्रदेश कमिटी सदस्य किसान भट्टराईले गर्नुभएको थियो। यसैबीच, राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीले आगामी दिनमा पनि वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व तथा युवालाई लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।




तपाईंको प्रतिक्रिया