लुम्बिनी सरकारबाट कांग्रेसका पाँचै मन्त्रीको सामूहिक राजीनामा
दाङ । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँचै जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। उनीहरूले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएका हुन्।
सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएको जानकारी दिनुभयो।
कांग्रेसबाट सरकारमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी हुनुहुन्थ्यो।
अब कांग्रेस संसदीय दलले मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ।
यसअघि लुम्बिनी प्रदेशमा कांग्रेस र एमालेको सहकार्यमा सरकार बनेको थियो। आलोपालो मुख्यमन्त्री बन्ने सहमति अनुसार एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री हुनुहुन्छ। तर एमाले र नेकपाबीच सातै प्रदेशमा नयाँ सत्ता सहकार्य गर्ने सहमति भएपछि कांग्रेस सरकारबाट बाहिरिएको हो।




तपाईंको प्रतिक्रिया