राष्ट्रिय विपत्तिमा राज्य र नागरिक सँगसँगै उभिनुपर्नेमा जोड

 ७ मिनेट अगाडि

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ का वडाध्यक्ष मानबहादुर रावतले राष्ट्रिय विपत्तिको घडीमा राज्य र नागरिक सँगसँगै उभिनुपर्ने बताउनुभएको छ। राष्ट्रिय विपत्तिबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले वडाध्यक्ष रावतले प्रधानमन्त्री राहत कोषमा रु. ११ हजार १ सय ११ सहयोग गर्दै स्थानिय  सरकारका प्रतिनिधिका रूपमा राहत कोषमा सहयोग गर्नु आफ्नो जिम्मेवारीसँगै सामाजिक दायित्व पनि भएको उहाँले बताउनुभयो।

विपत्तिको समयमा जनप्रतिनिधि, राज्यका निकाय तथा नागरिक सबैले आ–आफ्नो तर्फबाट सक्दो सहयोग र सहकार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, उहाँले सक्नेले सकेजति सहयोग गरी विपत्तिमा परेका नागरिकलाई साथ दिन सबैमा आग्रह गर्नुभएको छ।

तपाईंको प्रतिक्रिया