सन्दीपको उत्कृष्ट प्रदर्शन, नेपाललाई उपाधिसँगै एसिया कपको टिकट

 १८ घण्टा अगाडि

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कप २०२६ मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाललाई उपाधि जिताउन बलिङमा महत्त्वपूर्ण भूमिका खेलेका उनले प्रतियोगितामा ६ खेलमा १७ विकेट लिए ।

सन्दीपले सर्वोत्कृष्ट खेलाडीको अवार्ड नेपालमा भएको बाढीको क्षतिबाट प्रभावित व्यक्तिहरूलाई समर्पित गरेका छन् । उनले पहिलो खेलमै बहराइनविरुद्ध ५ विकेट लिएका थिए । मलेसियाविरुद्ध १, साउदी अरेबिया विरुद्ध ३, हङकङविरुद्ध ४, सेमिफाइनलमा ओमान विरुद्ध ३ अनि फाइनलमा उनले १ विकेट लिए ।

नेपालले शनिबार भएको फाइनलमा युएई लाइ हराएर प्रिमियर कपको उपाधि जितेको छ । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ ।

तपाईंको प्रतिक्रिया