राजाकोट सामुदायिक वनको वार्षिक साधारणसभा असोज १० मा हुदै

 १७ घण्टा अगाडि

दाङ । राजाकोट सामुदायिक वन उपभोक्ता समूह, दंगीशरण–२ कौवाघारीको १६औँ वार्षिक साधारणसभा असोज १० गते शनिबार हुने भएको छ।

समूहको कार्यसमितिको निर्णयअनुसार साधारणसभा तुलसीपुर–११, मोतीपुरस्थित झुलुङ्के  पुलमा बिहान १० बजे आयोजना गर्न लागिएको हो। समूहले सम्पूर्ण उपभोक्तालाई साधारणसभामा अनिवार्य उपस्थित भई आफ्ना अमूल्य सुझाव, सल्लाह तथा टिप्पणी राख्न आग्रह गरेको छ।

साधारणसभामा प्रगति समीक्षा तथा प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम, विनियोजित विवरण तथा प्रस्तावित वित्तीय योजना, आर्थिक वर्ष २०७९/०८० देखि २०८२/०८३ सम्मको लेखापरीक्षण अनुमोदन, लेखा समितिको वार्षिक प्रतिवेदन लगायतका विषयमा छलफल तथा निर्णय गरिने जनाइएको छ।

यस्तै, उपभोक्ता सदस्यता अनुमोदन, आर्थिक तथा प्रशासनिक कार्यविधि २०८३ र घुम्तीकोष लगानी कार्यविधि २०८३ अनुमोदन, समूहको कार्यालय भवन निर्माण तथा शुल्क वृद्धि र निर्धारण सम्बन्धी प्रस्तावसमेत साधारणसभामा पेश हुनेछन्।

समूहका अध्यक्ष चक्र मिलन विकले साधारणसभालाई प्रभावकारी बनाउन सम्पूर्ण उपभोक्ताको सहभागिता आवश्यक रहेको बताउनुभएको छ।

तपाईंको प्रतिक्रिया