कांग्रेस दाङ क्षेत्र नं. ३ को सभापतिमा खिमबहादुर वली निर्वाचित
दाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिमा खिमबहादुर वली निर्वाचित भएका छन्। वलीले ४०६ मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी सुरेन्द्र खड्काले २९७ मत प्राप्त गरे। त्यस्तै घनश्याम ढकालले २३०, किरण शाहले १४५ र कुमार लामिछानेले ७२ मत प्राप्त गरे।
यसैगरी क्षेत्रीय सहसचिव पदमा रमेश भण्डारी निर्वाचित भएका छन्। भण्डारीले ४४९ मत प्राप्त गरे। सहसचिवका अन्य उम्मेदवार बामदेव बिष्टले ३०४ र डिल्लि पौडेलले २९४ मत प्राप्त गरेका छन्।




तपाईंको प्रतिक्रिया