दाङ–३ मा सुरेश हमालले पाए सर्वाधिक मत

 १५ घण्टा अगाडि

दाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट खुलातर्फ सुरेश हमालले सर्वाधिक मत प्राप्त गरेका छन्। खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधिका लागि ३७ जना प्रतिस्पर्धी मैदानमा थिए। बुधबार सम्पन्न निर्वाचनमा कुल १ हजार २ सय २४ मत खसेकोमा हमालले सर्वाधिक ९१६ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

हमाल यसअघि तुलसीपुर उपमहानगरपालिकाको नगर सभापतिको जिम्मेवारीमा रहेका थिए। यातायात क्षेत्रबाट राजनीतिक क्षेत्रमा उदाएका हमाल कांग्रेसमा युवा नेताका रूपमा परिचित छन्। यस्तै, कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक गिरी पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। समानुपातिक खसआर्य पुरुषतर्फ प्रतिस्पर्धा गरेका गिरीले ९०७ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन्।

तपाईंको प्रतिक्रिया