रवि लामिछानेको दाबी : बालेन नेतृत्वको सरकार ढल्दैन

 ११ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बालेन शाह नेतृत्वको सरकार नढल्ने दाबी गरेका छन्।नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले सरकार ढल्ने चर्चा बारम्बार हुने गरेको भन्दै त्यसको खण्डन गरे।

‘सरकार ढल्छ, आज ढल्छ, भोलि ढल्छ, दशैंमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ, नेपाल संवतमा ढल्छ’ भन्ने चर्चा सुनिने गरेको उल्लेख गर्दै उनले सरकार नढलेपछि त्यस्तो दाबी गर्नेहरू नै ढल्ने टिप्पणी गरे।

लामिछानेले यसपटक व्यक्तिलाई मात्र नभई इतिहास परिवर्तन गर्ने उद्देश्यले सरकार गठन भएको दाबी गरे। उनले जनमतको सम्मान गर्न र जनमतको हुर्मत नलिन राजनीतिक दलहरूलाई आग्रहसमेत गरे।

तपाईंको प्रतिक्रिया