लुम्बिनी लायन्स एनपिएलको फाइनलमा

 ३ घण्टा अगाडि

काठमाडौं – लुम्बिनी लायन्स लगातार दोस्रो पटक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ। पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी एनपिएल सिजन ३ को उपाधि नजिक पुगेको हो । जारी एनपिएलमा लुम्बिनीसँग  सुदूरपश्चिम लगातार दोस्रो पटक पराजित भएको हो। यसअघि उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो।

पराजित सुदूरपश्चिमले फाइनल पुग्न थप एक मौका पाउनेछ। सुदूरपश्चिमले अब दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ। एलिमिनेटरमा बुधबार  काठमाडौ गोर्खाज र चितवन राइनोज भिड्नेछन्। सुदूरपश्चिमले दिएको १ सय ६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।

तपाईंको प्रतिक्रिया