रोजगारीमा १० हजार नर्स बेलायत पठाउने सरकारको तयारी

 मङि्सर ०३, २०७८

काठमाडौं । सरकारले बेलायत रोजगारीमा १० हजार नर्स पठाउने तयारी गरेको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्टाफ नर्स पठाउने गरी समन्वय गरिरहेको जानकारी दिएको छ।

शुक्रबार बैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी गरिएको जानकारी दिए। ‘हामी कसरी श्रमिकमैत्री सम्झौता गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ। यसमा छिट्टै नै काम हुन्छ’, सचिव गौतमले भने।श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले पनि मन्त्रालयले नयाँ श्रम गन्तव्य खोजी गरिरहेको बताए।

तपाईंको प्रतिक्रिया