तुलसीपुरका ३९ विद्यालयले पूर्वाधार निर्माण तथा मर्मत गर्ने बजेट पाए

 ९ घण्टा अगाडि

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि विद्यालय पूर्वाधार निर्माण तथा मर्मतसम्भार गर्न ३९ विद्यालयलाई कुल १ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

उपमहानगरपालिकाले विभिन्न विद्यालयबाट प्राप्त मागका आधारमा विद्यालयहरूको पूर्वाधार निर्माण तथा मर्मतसम्भारका लागि उक्त बजेट विनियोजन गरेको नगर प्रमुख टिकाराम खड्काले जानकारी दिए ।

विनियोजित बजेटबाट विद्यालयका भौतिक संरचना निर्माण, मर्मतसम्भार तथा पूर्वाधार सुधारका काम गरिनेछ।

तपाईंको प्रतिक्रिया