जिम्बावेमा लिग आगामी महिनाबाट सुचारु हुने

 बैशाख २६, २०७७

तुलसीपुर, २६ बैशाख ।

कोरोना भाईरसको महामारीको कारण स्थगित जिम्बावेको शीर्ष डिभिजनको लिग आगामी महिनाबाट सुचारु हुने भएको छ । फुटबल एसोसियसन अफ जिम्बावेले स्वास्थ्य मन्त्रालयले लिग सुचारु गर्न अनुमति दिएको बताउँदै आगामी महिनाबाट सुचारु गरिने जनाएको छ ।

जिम्बावेको लिगमा अझै १० चरणको खेल बाँकी रहेको छ । अंक तालिकामा शीर्ष पाँच टिमबीचको दुरी १ अंकको मात्र रहेको छ । कोरोनाको कारण लिग गत मार्च २० बाट स्थगित गरिएको थियो ।

तपाईंको प्रतिक्रिया