बबईका ४४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

 बैशाख ३०, २०७७

तुलसीपुर, ३० बैशाख ।
बाराको इटा भट्टाबाट आएका बबई गाउँपालिकाका ४९ जना मध्य ४४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । उनिहरुको पिसिआर जाँचको लागी स्वाब संकलन गरेर बेलझुन्डी कोरोना अस्पतालमा राखिएको थियो । उनिहरुलाई स्वाब संकलन पस्चात बबई गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएका मध्य ४४ जनाको रिपोर्ट नेगेटिभ आएको बबई गाउँपालिकाका कोरोना फोकल पर्सन सरदराज गिरीले जानकारी दिनु भएको छ । स्वाब परिक्षण पस्चात नेगेटिभ रिपोर्ट आयपछि उनिहरुलाई सोमबार नै क्वारेन्टाइनबाट डिस्चार्ज गरिएको छ ।

पिसिआर जाँचको लागी ४९ जनाको स्वाब संकलन गरिए पनि ५ जनाको भने रिपोर्ट आउन बाँकि रहेको बबई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि खड्काले बताउनु भएको छ । उहाँका अनुसार रिपोर्ट आएका ४४ जना सहित १४ दिन कटाएका अन्य १४ जनालाई पनि सोमबार नै डिस्र्चाज गरिएको छ । पिसिआर परिक्षणको रिपोर्ट आउन बाँकि ५ जनाको रिपोर्ट पनि मंगलबार दिउँसो सम्म आउने र रिपोर्ट आए पस्चात उनिहरुलाई पनि डिस्र्चाज गरिने बताइएको छ ।

तपाईंको प्रतिक्रिया