रियल मड्रिडले शुरु गर्याे ट्रेनिङ
काठमाडौं,३० बैशाख ।
स्पानिस क्लब रियल मड्रिडले दुई महिनापछि फुटबल ट्रेनिङ शुरु गरेको छ । कोरोनाभाइरस संक्रमण रोक्न लकडाउन भएको दुई महिनापछि रियलका खेलाडीले सोमबारदेखि ट्रेनिङ थालेका हुन् । भाल्डेबेबासमा खेलाडीहरुलाई व्यक्तिगत रुपमा प्रशिक्षण गर्नका लागि छुट गरिएको हो ।
खेलाडीलाई विभिन्न सिफ्टमा गरेर दुई समूहमा विभाजन गरिएको छ । जहाँ हरेक समूहले एक अर्कासँग दूरी कायम गरी बलसहित र बलबिना प्रशिक्षण गर्नेछन् । पहिलो सातामा फिटनेस कोच ग्रेगोरी डुपोन्टले व्यक्तिगत रुपमा सेसन लिनेछन् ।
कोच जिनेदिन जिदान पनि ट्रेनिङ सेसनमा उत्साहित थिए तर उनले सुरक्षित स्थानमा बसेर मात्र खेलाडीलाई निर्देशन दिएका थिए । यसअघि नै ला लिगाको अर्काे क्लब बार्सिलोनाले ट्रेनिङ शुरु गरिसकेको छ । ला लिगा जुन महिनामा फेरि शुरु गर्ने तयारी भइरहेको छ ।
तपाईंको प्रतिक्रिया