देशभरका चार सय पत्रकारको कोरोना परीक्षण
तुलसीपुर,६ जेठ ।
नेपाल पत्रकार महासंघको संयोजनमा काठमाडौं उपत्यकामा कार्यरत पत्रकारको कोरोना परिक्षण सुरु गरिएको छ । प्रेस काउन्सिलको आयोजनामा हिजो काठमाडौं उपत्यकामा ७० जनाको कोरोना भाइरस परिक्षणका लागि नमुना संकलन गरिएको छ । त्यसमध्ये २० जना कर्मचारी रहेका पत्रकार महासंघले जनाएको छ । ५० जना पत्रकारमध्ये २५ जना फोटो पत्रकार रहेको नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार हिजोसम्म देशभरका चार सय २५ जना पत्रकारको परीक्षण भएको छ । आज महासंघ प्रतिष्ठान शाखाबाट एक एक जना बोलाएर परिक्षण गर्ने र उनीहरुको परिक्षण गर्दा कोरोना देखियो भने सञ्चारगृहमै गएर गर्ने योजना रहेको महासंघले जनाएको छ । कुन पत्रकारको गर्ने, कुन पत्रकारको नगर्ने भन्ने आज मात्र तय हुने प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो ।
तपाईंको प्रतिक्रिया