कोरोना : मृत्यु हुनेको संख्या ३ लाख ४३ हजार नाघ्यो, ५४ लाख बढी संक्रमित

 जेठ ११, २०७७

काठमाडौं ।

विश्वभर कोरोना भाइस संक्रमणबाट जीवन गुमाउनेको संख्या आइतबार बिहानसम्म ३ लाख ४३ हजार ७ सय ९८ पुगेको छ । विश्वमा अहिलेसम्म ५४ लाख १ हजार २ सय २२ जनालाई कोरोना लागिसकेको छ । त्यसमध्ये २२ लाख ४७ हजार ९८ जनाले भने कोरानालाई जित्न सफल भएका छन् । २८ लाख १० हजार ३ सय २६ जना अझै कोरोनाविरुद्ध संघर्ष गरिरकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोनाको कारण अन्य मुलुकको तुलनामा विश्वकै शक्तिशाली राष्ट मानिएको अमेरिकामा धेरैले जीवन गुमाएका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १६ लाखभन्दा बढी संक्रमित छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै एक लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १६ लाख २१ हजार ६ सय ५८ जनामा संक्रमण पुष्टि हुँदा मृतकको संख्या ९७ हजार ४८ छ ।

यसैगरी रुसमा ३ लाख ३५ हजार ८ सय २२ जनामा संक्रमण भएको छ भने ३ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ । ब्राजिलमा ३ लाख ३ हजार ८ सय ९० जना संक्रमित छन् भने २१ हजार ४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

बेलायतमा २ लाख ५८ हजार ५ सय ४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३६ हजार ७ सय ५७ छ ।स्पेनमा २ लाख ३५ हजार २ सय ९० जना संक्रमित हुँदा मृतकको संख्या २८ हजार ६ सय ७८ छ ।

तपाईंको प्रतिक्रिया