थवाङका बाढीपीडितलाई युवा संघ लुम्बिनी प्रदेशको ५१ हजार सहयोग

 २२ घण्टा अगाडि

दाङ । राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीले रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबार पुगेर बाढीपीडितलाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ।

लुम्बिनी प्रदेश युवा संघका अध्यक्ष सन्तोष ओलीको अध्यक्षता तथा एमालेका  केन्द्रीय सदस्य नवीन रोकाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बाढीपीडित संघर्ष समितिका सदस्य निमबहादुर सुवेदीलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो।

गत साउन २७ गते आएको अविरल वर्षाका कारण कोटलबारमा पहिरो जाँदा १३ जनाको मृत्यु भएको थियो भने ९ घरमा क्षति पुगेको बताइएको छ।

कार्यक्रममा स्थानीय शिक्षक प्रहरी  युवा संघका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रम  राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटी कोसाध्यक्ष सन्दिप केसीले सञ्चालन गरेका थिए ।

तपाईंको प्रतिक्रिया