शुद्ध पानीको लागि क्वारेन्टाईनमा युरोगार्ड

 जेठ १८, २०७७

तुलसीपुर,१८ जेठ ।
तुलसीपुर ११ मा रहेको अमर माध्यमिक विद्यालय उरहरीमा रहेको क्वारेन्टाईमा युरो गार्ड जडान गरिएको छ । क्वारेन्टाईमा बस्नेहरुको लागि शुद्ध पिउने पानीको ब्यवस्था गर्नका लागि युरो गार्ड जडान गरिएको हो । तुलसीपुर उपमहानगरका नगर प्रमुख घनश्याम पाण्डेले दुषित पानी पिउदा झाडापखाला जस्ता विभिन्न संक्रमण फैलने भएको हुदा शुद्ध पानीको ब्यवस्थापन गर्न युरो गार्ड जडान गरिएको बताएका छन ।

उक्त युरो गार्डले प्रति घण्टा एक सय लिटर पानी फील्टर गर्ने गर्दछ । क्वारेन्टाईन पश्चात विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले प्रयोग गर्ने गरि कुल १ लाख ४८ हजार लागतमा युरो गार्ड जडान गरिएको मेयरको सचिवालय प्रमुख मान बहादुर रावतले जानकारी दिएका छन ।

यसैविच उक्त क्वारेन्टाईनमा रहेकाहरुलाई खुवाउनका लागि नेकपा ११ नम्बर वडा कमिटिले २० किलो मासु उपलब्ध गराएको छ । क्वारेन्टाईनमा रहेकाहरुको शक्ती बढाउन मासु उपलब्ध गराईएको हो । त्यस अवसरमा वडा कमिटका अध्यक्ष लोक जङ्ग शाहले जानकारी दिएका छन । उक्त क्वारेन्टाईनमा हाल भारतबाट आएका ४४ जना रहेका छन ।

तपाईंको प्रतिक्रिया