रुकुम घटनाको खवरदारी गर्न दलित युवाहरु सडकमा (भिडियो सहित)

 जेठ २७, २०७७

तुलसीपुर,२७ जेठ ।
रुकुम पश्चिमको चौरजहारी ८ सोतीमा भएको नरसंहार घटनाको बिरुद्धमा खवरदारी गर्न संयुक्त दलित युवा अभियानले तुलसीपुरमा र्याली निकालेको छ । मदन आश्रीत चोक बाट सुरु भएको र्याली बिपि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रेस माथिको हस्तक्षेप बन्द गर,अपराधिलाई कारवाही गर,सबैंधानिक अधिकार लागु गर जस्ता नाराहरु लगाउदै झण्डै २ सय जना युवाहरुले बजार परिक्रमा गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै अभियानका संयोजक खेमराज बिकले दलितको श्रम र सिप चलेको देशमा जातिय नरसंहार घटना घट्नु दुखद पक्ष रहेको बताएका थिए । उनले सोती घटना ढाकछोप गर्न खोजे आन्दोलनलाई थप सशक्त बनाईने बताएका थिए । अभियानका सह संयोजक सेर बहादुर परियारले सरकारले छानबिनको प्रक्रियामा कन्जुस्याइँ गरेकोले दलित युवा सडकमा आउनुपरेको बताएका थिए । कोणसभाको सहजिकरण मेघराज सोनिले गर्नु भएको थियो ।

संयोजक खेमराज बिक

तपाईंको प्रतिक्रिया