दाङमा ७ जना निको भए
तुलसीपुर,२८ जेठ ।
दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट दाङका ७ जना डिस्चार्ज भएका छन् । घोराही उपमहानर र लमही नगरपालिकाका गरी ७ जना डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।घोराही १० का ४० वर्षीय पुरुष, १८ का २४ र २५ बर्षीय पुरुष र लमही १ का २६ वर्षीय पुरुष, ४ का २६ वर्षीय पुरुष, ५ की २० बर्षीय महिला र ६ का १८ वर्षीय पुरुषलाई आज डिस्चार्ज गरेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए ।
उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको समेत उनले बताए। अहिले अस्पतालमा पूर्व रुकुमका ३ जना, प्युठानका १ जना र दाङका ३३ जना कोरोना संक्रमित रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको व्यवस्थापक वलीले बताए। योसँगै अस्पतालबाट ३२ जना डिस्चार्ज भएका छन्।
तपाईंको प्रतिक्रिया