चार उपाध्यक्षले मागे ओलीको राजीनामा
काठमाडौं । नेकपा एमालेका सचिवालय वैठक आज तनावपूर्ण बनेको छ । पार्टीका चारजना उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि बैठकमा चर्काचर्की भयो । आजको बैठकमा पार्टीका ५ जना उपाध्यक्षहरुले बोलेका थिए । उनीहरुमध्ये रामबहादुर थापा बादलबाहेक चारजना उपाध्यक्षले पार्टीको पुनर्गठन गर्नुपर्ने भन्दै अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न माग गरेको स्रोतले बतायो ।
उपाध्यक्षहरु बिष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त र ले ओलीको राजीनामा मागेका हुन् । एमालेलाई कमजोर अवस्थामा पुर्याएको जिम्मावारी लिँदै ओलीले राजीनमा दिनुपर्ने र नेतृत्वको हस्तान्तरण हुनुपर्ने उनीहरुको माग थियो । बादल भने ओलीको प्रतिरक्षामा उभिए ।
ओलीले भने राजीनामा नदिने अडान लिएका छन् । उनले उपाध्यक्षहरुलाई विरोधीहरुसँग मिलेर पार्टीलाई संकटमा पार्न खोजेको आरोप लगाए । बैठक आजका लागि स्थगित गरिएको छ ।
नेपाल प्रेसबाट साभार




तपाईंको प्रतिक्रिया