सोनाक्षीले गरिन ट्वीटर नचलाउने घोषणा

 असार ०७, २०७७

असार ७ ।

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले सामाजिक सञ्जाल ट्वीटर चलाउन छाडेको घोषणा गरेकी छन् । उनले ट्वीटरबाट ‘अलबिदा’ आफ्नो एकाउन्ट निष्क्रिय गरेकी छन् ।

उनले यो कदमलाई नकारात्मकताबाट पर रहन चालेको पहिलो कदमका रुपमा उल्लेख गरेकी छन् । उनले नकारात्मकता र मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर ट्वीटरबाट बिदा हुने निर्णय गरेको बताएकी छन् ।

आफ्नो इन्स्टाग्राममार्फत उनले आफूले ट्वीटर अकाउन्ट निष्कृय पारेको घोषणा गरेकी हुन् ।

उनले इन्स्टाग्राममा आफ्नो ट्वीटर पोस्टको स्क्रीनसट पोस्ट गरेकी छन् । सो पोस्टमा ‘आफ्नो मानसिक स्वास्थ्य र नकारात्मकताबाट पर रहनका लागि मैले पहिलो कदम चालेकी छु । मेरो ट्वीटर एकाउन्ट डिएक्टिभेट गर्दै छु ।’

सोनाक्षीले आफ्नो इन्स्टाग्राम एकाउन्टको कमेन्ट सेक्सन पनि डिसेबल गरेकी छन् । उनले लेखेकी छन्, ‘आग लगे बस्ती में, मैं अपनी मस्ती में । अलविदा ट्वीटर ।’

तपाईंको प्रतिक्रिया