कोरोनाबाट थप १ जनाको मृत्यु

 असार ११, २०७७

तुलसीपुर,११ असार ।

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । कोरोनाले स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत भइरेको थियो ।

उनको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यससँगै मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

तपाईंको प्रतिक्रिया