मोतियाविन्दुको शल्यक्रिया गर्न आँखा अस्पतालमा नयाँ मेसिन

 असार १४, २०७७

तुलसीपुर, १४ असार ।
नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालले आधुनिक मेशिन खरिद गरेको छ । लकडाउनको समयमा पनि विभिन्न प्रकृया पुरागरि फेको एमुल्सि फिकेसन मेशिन अस्पतालले ल्याएको हो । आँखा अस्पतालहरुको सेवा सवलिकरण तथा सहजिकरणको लागि चिकित्सकिय औजार उपकरण खरिद गर्न प्रदेश नं। ५ स्वास्थ्य निर्देशनालयबाट प्रदान गरिने पुँजिगत अनुदान र राप्ती आँखा अस्पतालको लागत सहभागीतामा सो मेशिन खरिद गरिएकोहो ।

स्वास्थ्य निर्देशनालयको पुँजिगत अनुदान ३० लाख र अस्पतालको २० प्रतिसत लागत सहभागीतमा फेको एमुल्सि फिकेसन मेशिन खरिद गरेको अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले जानकारी दिएका छन् । प्रदेश सरकरले राप्ती आँखा अस्पताललाई ३० लाख, लमही आँखा अस्पताललाई २० र छन्द् कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जलाई २० लाख पुँजिगत अनुदान दिएको थियो ।

त्यसैविच राप्ती आँखा अस्पतालमा मेशिन खरिद कार्य सम्पन्न भए संगै सनिवार सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले अस्पतालले यस क्षेत्रमा अन्धोपन निवारणमा खेलेका भुमिका अतुल्नीय भएको बताएका थिए ।

कार्यक्रममा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवाले यस अघिपनि फेको प्रविधिबाट अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया भएको भन्दै नयाँ मेसिन आए संगै सेवामा सहजता थपीएको बताइन् । उनले यो मेसिन आए संगै छिपीएको मोतियाविन्दुको पनि सहज रुपले शल्यक्रिया हुने बताइन् ।

कार्यत्रक्रममा उपप्रमुख माया शर्माले तुलसीपुर उपमहानगरपालिकाले नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालको सहकार्यमा उज्यालो तुलसीपुर अभियान थालेको बताइन् । उनले यस क्षेत्रको गहनाको रुपमा रहेको आँखा अस्पतालको विकाशका लागि सवै किसीमका सहयोगहरु आफुहरुबाट मिल्ने बताइन् ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सभापति तथा व्यवस्थापन समिति अध्यक्ष कृष्णकुमार गिरीले राप्ती आँखा अस्पताललाई विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालको रुपमा विकास गर्न आफुहरु लागेको बताए । उनले लकडाउनको कठिन प्रस्थीतिमा पनि मेसिन खरिद गर्न सफल भएको सुनाए ।

सो अवसरमा बरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले अस्पतालले मेसिन खरिदको प्रकृयाको वारेमा सवैलाई जानकारी गराएका थिए । कार्यक्रममा संघका उपसभापति रेशमबहादुर खड्का, सचिव एव खरिद गुणस्तर समितिका संयोजक सुरेन्द्र खड्का, संघका कोषाध्यक्ष श्यामप्रकास आचार्य, सहसचिव चिरञ्जीवि रिजाल, पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहलगायतले बोलेका थिए ।

तपाईंको प्रतिक्रिया