उरहरी क्वारेन्टाईनमा बसेका २ जनामा कोरोना पुष्टि

 असार १४, २०७७

तुलसीपुर,१४ असार ।

तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा रहेको उरहरी क्वारेन्टाईनमा बसेका २ जनामा कोरोना पुष्टि भएको छ । राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज गरिएको कोरोना परीक्षणमा उनिहरुलाई कोरोना पुष्टि भएको हो । संक्रमीत तुलसीपुर ११ निवासि एक पुरुष र रुकुम चौरजहारी ८ निवासी एक पुरुष हुन ।

उनिहरु भारतबाट जेठ १८ गते रुपैडिया नाका भएर आएर क्वारेन्टाईनमा बसेको उरहरी श्वास्थ्य चौकिका ईन्चार्ज चित्र बहादुर वलीले जानकारी दिएका छन । जेठ ३० गते उनिहरु सहित ५४ जनाको स्वाब संकलन गरिपठाईएको भएपनि ४९ जनाको शुक्रवार नेगेटिभ आएको थियो । बाकी ५ जनाको आज गरिएको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितलाई २ जनालाई आज नै बेलझुण्डी लैजाने तयारी छ । कोरोना नेगेटिभ देखिएका ५२ जनालाई एक हप्ता होम क्वारेन्टाईनमा बस्न सल्लाह दिई आज नै घर पठाईने वडा सदस्य सुवाश डिसीले जानकारी दिएका छन ।

तपाईंको प्रतिक्रिया