ईन्सोरेन्स क्लव अफ तुलसीपुर गठन
तुलसीपुर,२ साउन ।
पछिल्लो समय तुलसीपुर क्षेत्रमा रहेका बिमाकर्मिहरुले आफ्नो सेवा लाई थप प्रभावकारी बनाउन लागि परेका छन । उनिहरु संगठित भई ईन्सोरेन्स क्लव अफ तुलसीपुर गठन गर्दै अघि बढेका छन ।
यसका लागि समितीको बैठ बसि इन्स्योरेन्सको अनुगमन गर्ने निर्णय समेत गरेका छन । इन्स्योरेन्सले दरमा एक रुपता ल्याउन र उधारो पोलिसी बारे अनुगमन गर्ने भएको हो । ईन्सोरेन्स क्लव अफ तुलसीपुरको आज बसको बैठकले अनुगमन समति गठन गर्दै यस्तो निर्णय गरेको होे ।
क्लव अफ तुलसीपुरका अध्यक्ष बेद प्रकाश अधिकारीको अध्यक्षतामा बैठक बसेको थियो । बैठकले अनुगमन समितिमा हिमाल भण्डारी,शिवराज पोख्रेल,कैलाश चन्द,सुधिर पोख्रेल र पवित्र डिसीलाई चयन गरेको छ ।
त्यसैगरी आर्थिक पाटोलाई चुस्त राख्न बैंक खाता खोल्ने निर्णय गरेको कार्यसमिति सदस्य कैलाश चन्दले जानकारी दिएका छन । यस्तै,उपाध्यक्ष तारा विकलाई विदाई गर्दै उक्त पदमा विबेक चन्दलाइ चयन गरिएको छ । बैठकको सहजिकरण सचिव सुनिल भण्डारीले गरेका थिए ।।
तपाईंको प्रतिक्रिया