तुलसीपुर-शितलपुर सडकमा खाल्डै खाल्डा, कहिले हुन्छ मर्मत ?

 साउन ०५, २०७७

तुलसीपुर,५ साउन ।

तुलसीपुर शितलपुर सडक खण्ड अन्र्तगत विभिन्न स्थानमा भएका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम निम्त्याएको छ । उक्त सडक खण्डमा दर्जन बढि स्थानमा खाल्डा खुल्डी परेका छन । उक्त खाल्डा खुल्डीका कारण आवत जावतमा समेत समस्या भएको नागरीकहरुकोे गुनासो छ ।

साँघुरो सडक त्यसैमाथि ठाउ ठाउमा खाल्डा खुल्डी हुदा पैदल हिड्नेलाई समेत सास्ती भोगिरहेका छन । सडक खण्ड अन्र्तगत तुलसीपुर १२ को रझेनी नजिक सडक जिर्ण भई खाल्डो परेको छ । सडक खाल्डो परी समयमा मर्मत नहुदा ओहरदोहर गर्ने यातायातका साधनले गर्दा उक्त स्थानमा झनै दुर्घटनाको जोखिम बढेको छ भने कच्ची सडक जस्तै बनेको छ ।

ठाँउ ठाउमा परेका खाल्डा खुल्डीमा परि मोटरसाईकल अनियन्त्रीत भई पल्टीने गरेको उरहरी निवासी जनक केसीले बताएका छन । सम्बन्धीत निकायको लापरवाहीका कारण बर्षेनि यो समस्या झेल्नुपरेको उनि बताउछन ।

यता,सडक डिभिजन कार्यालयका सुचना अधिकारी खुम बहादुर भण्डारीले सडक मर्मतको लागि ठेक्का भएपनि कोरोना महामारीका कारण काम हुन नसकेको बताएका छन । हाल बर्षे झरीमा काम गर्दा प्रभावकारी नहुने भएको हुदा मर्मत हुन नसकेको उनले बताएका छन ।

तपाईंको प्रतिक्रिया