शोभाराम बस्नेतले पाए मनोनयन पत्र

 साउन ०७, २०७७

तुलसीपुर,७ साउन ।

भुमि सम्बन्धी समस्या समाधान आयोगको केन्द्रीय सदस्यमा मनोनीत शोभाराम बस्नेतले आज पत्र प्राप्त गरेका छन । दङ्गाली कम्युनिस्ट आन्दोलनका योद्धा बस्नेतले प्रदेश ५ कि कृषिमन्त्री आरती पौडेलबाट मनोनयन पत्र ग्रहण गरेका हुन । भुमि सम्बन्धी समस्या समाधान गर्न जनता र प्रदेश सरकार प्रतिबद्ध रही कार्य गर्नुहुन प्रदेश सरकार अपेक्षा गर्दछ, उक्त पत्रमा उल्लेख गरिएको छ ।

आयोगको सदस्यमा प्रदेश सरकारले मनोनयन गर्ने सदस्य पदमा असार १६ गते प्रदेश ५ को मन्त्रीपरीषद्ले बस्नेतलाई सदस्यमा मनोनयन गरेको थियो । यसैविच,तुलसीपुर ११ हस्नापुर निवासी बस्नेतले पत्र प्राप्त गर्दै आजै देखि भुमि बारे जनताको समस्या समाधानका लागि आफु प्रतिबद्ध रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन ।

तपाईंको प्रतिक्रिया