६ पत्रकार सम्मानित

 साउन २४, २०७७

तुलसीपुर,२४ साउन ।

दाङमा ६ जना पत्रकार सम्मानीत भएका छन । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य अजयदीप शर्माकी आमा लोककुमारी रिजालको चौथो स्मृति दिवसको अवसर पारेर विभिन्न पुरस्कारबाट ६ जना पत्रकार सम्मानित भएका हुन ।

जस अनुसार महासंघले स्थापना गरेको कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट महासंघका पूर्वअध्यक्ष केवी मसाललाई सम्मान गरिएको हो । त्यस्तै प्रेस संगठन दाङले स्थापना गरेको कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट राप्तीपोष्ट दैनिकका सम्पादक शरद अधिकारीलाई सम्मान गरिएको छ । हरिप्रसाद रिजाल, गणेश रिजाल, अर्जुनकुमार रिजाल, अजयदीप शर्मा र राधा रिजालले स्थापना गरेको लोककुमारी रिजालस्मृति पत्रकारिता पुरस्कारबाट गणतन्त्र दैनिककका कार्यकारी सम्पादक पाण्डव शर्मालाई सम्मान गरिएको छ ।

त्यस्तै प्रेस संगठन प्रतिभा पुरस्कारबाट रेडियो प्रकृतिका डेस्क प्रमुख लक्ष्मण विश्वकर्मा तथा प्रेस संगठन प्रोत्साहन पुरस्कारबाट इन्द्रेणी अनलाइनका शान्तकुमार बुढा र गणतन्त्र दैनिककी अमृता भुसाललाई सम्मान गरिएको छ । महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षता, पूर्वसभामुख कृष्णबहादुर महराको प्रमुख तथा प्रेस काउन्सिलका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माको बिशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।

तपाईंको प्रतिक्रिया