कोरोनाबाट थप एक जनाको मृत्यु
तुलसीपुर,२५ साउन ।
पोखरामा उपचाररत एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय एक पुरुषको गएराति मृत्यु भएको हो ।
प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यले दिएको जानकारीअनुसार ती सङक्रमित पुरुषलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको निर्देशक आचार्यले बताएका छन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमणबाट मृत्यु भएको यो तेस्रो घटना हो ।
तपाईंको प्रतिक्रिया