युवालाई सदुपयोग गर्न नसकेको प्रधानमन्त्रीको स्वीकार

 साउन २८, २०७७

तुलसीपुर,२८ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न नसकेको स्वीकार गर्नुभएको छ । आज अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवा शक्तिलाई देशमै पर्याप्त रोजगारीको व्यवस्था गरेर देशविकासमा लगाउन सरकार क्रियाशील रहेको पनि जनाउनुभएको हो । युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न नसकेको भन्दै उहाँले २५ प्रतिशत युवा देशबाहिर रोजगारी र शिक्षाका लागि गएका बताउनुभयो ।

उहाँले तीन करोड जनसंख्या भएको मुलुकमा २६ लाख युवा रोजगारीका लागि बाहिर जानु राम्रो नभएको उहाँको भनाइ छ । उहाँले युवा विदेशिनबाट रोक्न सरकारले ठोस प्रयास गरिरहेको भन्दै केही वर्षभित्रै बाध्यतमा बाहिर जाने अवस्थाको अन्त्य गर्ने रणनीति सरकारले बनाइरहेको बताउनुभयो । उहाँले युवाको साथमा सरकार रहेको भन्दै युवा विना कुनैपनि काम सफल हुन नसक्ने बताउनुभयो ।

सरकार साथमा रहेका भन्दै उहाँले अभिभावकत्व ग्रहण गर्न, साथ सहयोग गर्न सरकार दत्तचित्त रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

तपाईंको प्रतिक्रिया