ओलीको उपचारमा सहयोग गरिदिन आग्रह

 साउन ३१, २०७७


तुलसीपुर,३१ साउन ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ बाह्रबिघा निवासी कुल बहादुर ओलीका १५ बर्षीय छोरा निराजन ओलीको उपचारमा सहयोग गरिदिन परिवारले सबैमा आग्रह गरेको छ । ओली गत माघ महिनाबाट जटिल खालको हातको क्यान्सरबाट पिडित रहेको जनाईएको छ । उनको हाल ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

ओलीको पहिलो चरणको अप्रेसन सफल भएको परिवारले जनाएको छ । परिवारको आर्थिक अबस्था कमजोर भएकाले थप उपचारका निम्ति समस्या भएको पीडित ओली परीवारको भनाई छ । छोराको उपचारमा क्रमिक रुपमा सुधार भएको तर आर्थिक अवस्था कमजोर भएकोले सहयोग गरिदिन उनकि आमा सरस्वती ओलीले सबैमा आग्रह समेत गरेकि छिन । भएको पैसा जति सकियो अव कसरी उपचार गर्ने ओलीले भनिन । ”सबैतिरबाट सहयोग पाए छोरा बाच्थ्योकी” ।


सहयोग गर्न चाहे एभरेष्ट बैंकको खाता ००१२०५२६२०१७०६ मा रकम जम्मा गरिदिन वा ९८६७०८५६६२, ९८४१३७३९६८, ९८४७८२९३५८ र ९८०९५१५०७० नम्बरमा सम्पर्क गर्न सकिने छ । यसैविच, चन्द्रोदय विद्याकुञ्ज बोर्डिङ स्कुलले समेत सहयोग गरिदिन आग्रह गरेको छ । ओली विद्याकुञ्जका कक्षा १० विद्यार्थी हुन ।

तपाईंको प्रतिक्रिया