दुई महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

कास्की, २५ भदौ ।
डर, धाकधम्की तथा प्रलोभन देखाई ३१ वर्षीया महिला र ३६ वर्षीया अर्की महिलालाई जबरजस्ती करणी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–७ शान्तिनगर घर भएका ३७ वर्षीय बामदेव सुवेदी रहेका कास्की प्रहरी प्रमुख एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
पीडित महिलाको जाहेरीको आधारमा सुवेदीलाई आफ्नै घरबाट पक्राउ गरिएको एसपी श्रेष्ठले बताए । घरमा एक्लै रहेको बेला सुवेदीले करणी गर्ने गरेको महिलाले प्रहरी समक्ष बताएकी छन् ।
करणीमा संलग्न सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको एसपी श्रेष्ठले बताए । सुवेदीविरुद्ध जवरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसनधान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिक्रिया