घोराही उपमहानगरका ६ कर्मचारी सहित दाङमा २३ संक्रमित थपिए

दाङ, ३० भदौ ।
दाङमा आज मंगलबार २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने २३ जना घोराही उपमहानगरपालिकाका मात्र रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जसमा १२ जना महिला र ११ जना पुरुष रहेका छन् । ति मध्य घोराही उपमहानगरपालिकाका ६ जना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
एक जना डाक्टर, एक जना इन्जिनियर, एक जना अधिकृत र ३ जना कार्यालय सहयोगीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित पद्मोदय क्याम्पसको कलेक्सन सेन्टरबाट संकलन गरिएको नमुना मध्ये ९५ जनाको परिरक्षण गर्दा २३ जनामा कारोना पुष्टि भएको स्वास्थ्य कायालयका फोकल पर्सन कमल चन्दले बताउनुभयो ।
संक्रमण पुष्टि हुनेमा उपमहानगरका कर्मचारी समेत रहेको चन्दले जानकारी दिनुभयो । मंगलवार थपिएका २३ जनासहित दाङमा कोरोना संक्रमितको कुल संखया ९ सय ४२ पुगेको छ ।
तपाईंको प्रतिक्रिया