सुनचाँदी व्यवसायीको शव फेला

 असोज १३, २०७७

तुलसीपुर ।
कपिलवस्तुमा सुन चाँदी व्यवसाय गर्दै आएका राघबेन्द्र वर्माको शव फेला परेको छ । शनिवार साँझ घुम्न भनी घर बाट हिँडेकाबर्माको आज यशोधरा गाउँपालिकाको खोरियामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनुभयो ।

घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनु भयो । वर्माले जिल्ला सदरमुकाम तौलिहवामा व्यवसाय सञ्चालन गर्दै आउनुभएको थियो ।

तपाईंको प्रतिक्रिया