प्रदेश राजधानीको प्रस्तावबारे दाङ काँग्रेसले गर्यो स्वागत
तुलसीपुर ।
प्रदेश नं. ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बीनी प्रस्ताव गरिएकोमा नेपाली काँग्रेस दाङले स्वागत गरेको छ । नेपाली काँग्रेस दाङका सभापति कृति बहादुर खड्काले प्रेस बिज्ञप्ती जारी गर्दै संविधानको मर्म अनुसार स्थान र नाम प्रस्ताव गरिएकोमा उपयुक्त भएको उल्लेख गरिएको छ । साथै पेश गरिएको प्रस्तावको पक्षमा मतदान गर्न प्रदेश सभा सदस्यहरुले कांग्रेसले आग्रह समेत गरेको छ ।
यसैगरी प्रदेश ५ को पश्चिमी जिल्ला बर्दियाका सभापति संजयकुमार गौतमले पनि प्रेस बिज्ञप्ती जारी गर्दै प्रदेश सरकारको नाम र स्थान प्रस्ताव गरेको प्रति आफुले सकरात्मक रुपमा लिएको उल्लेख गरेका छन
तपाईंको प्रतिक्रिया