राष्ट्रिय जनगणना–२०७८ दुई चरणमा गर्ने तयारी

 कार्तिक ११, २०७७

तुलसीपुर ।
राष्ट्रिय जनगणना–२०७८ दुई चरणमा सम्पन्न हुने गरी तयारी भइरहेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार विदेशस्थित दूतावास र कूटनीतिक नियोगमा पनि विद्युतीय जनगणना हुनेछ । नेपालमा भएका हरेक कूटनीतिक निकायका मानिसलाई नेपालकै मानिस मानेर जनगणना गर्न लागिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

यस्तो जनगणना पहिलो पटक गर्न लागिएको हो । परराष्ट्र मन्त्रालयमार्फत इन्टरनेट कनेक्सन गरी विभागको वेबसाइटमा जोडेर जनगणना गरिने तयारी रहेको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया