नेकपाको केन्द्रीय समिति बैठक एक महिना पछि स¥यो

 कार्तिक १२, २०७७

तुलसीपुर ।
तयारी नपुगेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको पूर्व निर्धारित केन्द्रीय समिति बैठक एक महिनापछि सारिएको छ । कात्तिक १५ देखि १७ गतेसम्म बस्ने निर्धारण भएको बैठक गृहकार्य नपुगेकाले एक महिना पछि घकेलिएको हो । नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले आज जारी गरेको विज्ञप्तिमा पूर्वनिर्धारित बैठक मंसिर १५ देखि १७ गतेसम्म बस्नेगरी स्थगित गरिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा कोरोना महामारीका कारण बैठक स्थगित गर्नु परेको पनि उल्लेख गरिएको छ । महासचिव विष्णु पौडेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर नयाँ मिति तय गरिएको बताईएको छ । त्यसका लागि पौडेलले हिजो ओली र आज बिहान प्रचण्डसँग छलफल गर्नुभएको थियो ।

गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले आगामी चैत २५ बाट सुरु हुने महाधिवेशनको तयारीका लागि कार्तिक १५ मा केन्द्रीय समिति बैठक बस्ने मिति निर्धारण गरेको थियो ।

तपाईंको प्रतिक्रिया