तुलसीपुरमा थपिए १४ संक्रमित

 कार्तिक १३, २०७७

तुलसीपुर ।
तुलसीपुरमा एक स्वास्थ्यकर्मी सहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट संकलन गरिएको स्वावको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा स्वास्थ्यकर्मी सहित १४ जनाको रिपोट पोजेटिभ आएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

आईतवार उनीहरुले स्वाव दिएका थिए भने बुधवार भएको कोरोना परिक्षण रिपोट आज सार्वजनिक भएको हो । संक्रमित हुनेमा तुलसीपुर १ का १ जना पुरुष, वडा नम्वर ५ का २ जना पुरुष, वडा नम्वर ६ का ४ जना पुरुष, वडा नम्वर ७ का १ जना महिला, वडा नम्वर ९ का एक जना महिला, वडा नम्वर ११ का १ जना पुरुष, वडा नम्वर १२ का एक जना पुरुष, वडा नम्वर १५ का १ जना पुरुष , वडा नम्वर १७ का एक जना महिला र वडा नम्वर १९ का एक पुरुष रहेको फोकल पर्सन केसीले जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया