नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार नाघ्यो, थप ३ हजार ११४ जनामा संक्रमण

 कार्तिक १८, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । जसमध्ये १ लाख ४१ हजार १३४ जना निको भएका छन् भने ३७ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार १४२ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार मंगलवार २० जना मृतक थपिएर कूल संख्या १ हजार ४ पुगेको हो ।

तपाईंको प्रतिक्रिया