तुलसीपुरमा देउसी-भैलो खेल्न रोक
तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिका भित्र तिहारमा देउसी–भैलो खेल्न नपाईने भएको छ । कोरोना संक्रमित र मृतकको संख्या बढ्न थालेपछि उपमहानगरपालिकामा आज बसेको सर्वदलिय सर्बपक्षीय बैठकले तिहारमा देउसी–भैलो खेल्दा कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै प्रतिवन्ध लगाउने निर्णय गरेको हो । कोरोना माहामारीले गर्दा विगतका बर्ष जस्ता देउसी भैलो खेल्ने, जमघट हुने अवस्था नरहेको नगर प्रमुख घनश्याम पाण्डेले बताउनु भयो ।
चाड पर्वको समयमा किनमेल देखि लिएर ओहोर दोहर पनि हुने हुदा समुदाय स्तरमा कोरोनाको जोखिम बढि भएको उनको भनाई थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य कोमल वलीले गरिव तथा विपन्न व्यक्तिको पहिचान गरेर निशुल्क कोरोणा परीक्षण गर्ने व्यवस्था मिलाउन आग्रह गरिन् ।
सो बैठकमा विभिन्न राजनितक दल, संघसंस्था, सुरक्षाकर्मी, वडाध्यक्ष लगाएतको सहभागिता रहेको थियो ।
तपाईंको प्रतिक्रिया