प्रधानमन्त्री ओली राजावादीसँग मिलेको देउवाको आरोप

 मङि्सर २९, २०७७

तुलसीपुर ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेसले आज देशैभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा हेटौंडामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंका व्यक्त गर्नुभयो । प्रजातन्त्रको विरुद्ध जानुहुन्न भन्दा तत्कालिन राजाले आफूलाई थुनेको स्मरण गर्दै उहाँले राजाले प्रजातन्त्रलाई नसहेका कारण आफूहरु गणतन्त्रको पक्षमा उभिएको बताउनुभयो । सभापति देउवाले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको भन्दै सरकारको आलोचना समेत गर्नुभयो । सरकार भ्रष्टाचार र बलात्कारका घटना बढेको उहाँको आरोप छ ।

तपाईंको प्रतिक्रिया